Dailo News
२०८३ श्रावण २३ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २३ शनिबार

यो वर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्छ : गभर्नर

भाद्र १६ दैलो न्युज सुर्खेत ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राज्य र केन्द्रीय बैङ्कले लिएका नीतिले बजारमा सकारात्मक प्रभाव देखिन थालेको बताए । अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको भन्दै भने राज्यले समेत सकारात्मक पहल गरिरहेको उनले बताए ।

अर्थतन्त्र सकारात्मक दिशामा रहेको देखाउने एउटा आधार अटो शो रहेको समेत उनले बताए । यो वर्ष लचिलो मौद्रिक नीति आएको भन्दै यो निजी क्षेत्रको मनोबल उठाउन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।