Dailo News
२०८३ श्रावण २२ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २२ शुक्रबार

सर्वोच्चको आदेश– केसी नेतृत्वको एनआरएन कार्यसमितिलाई काम गर्न नरोक्नू

श्रावण ३० दैलो खबर सुर्खेत।

सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)मा डा. बद्री केसीको कार्यसमितिलाई कामकाज गर्न नरोक्नू भनी परराष्ट्र मन्त्रालयलाई आदेश दिएको छ ।

सर्वोच्चले गत चैतको परराष्ट्र मन्त्रालयको पत्र बदर गरेको हो । २८ चैत २०८० मा परराष्ट्र मन्त्रालयले एनआरएनएलाई पत्र लेख्दै नियमित प्रशासनिक काम बाहेक अरु केही नगर्न भनेको थियो । यसअघि सर्वोच्चले दिएको आदेशमा केसीको कार्यसमितिवारे केही उल्लेख नभएको भन्दै न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले केसीको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई कामकाज गर्न दिनू भनी आदेश जारी गरेको हो । यसअघि २०८० चैत २१ गते सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले २०७८ सालमा भएका संघका समानान्तर महाधिवेशन र कार्यसमिति खारेज गरी पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठन भएको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र महाधिवेशन गराउन आदेश दिएको थियो ।

संस्थामा निर्णय गर्ने सबैभन्दा उच्च निकाय नै महाधिवेशन हुने र महाधिवेशनबाट चुनिएको कार्यसमिति (२०२३ २०२५) को वैधानिकतामाथि अदालतमा प्रश्न समेत नउठेकाले त्यसलाई काम गर्न दिनुपर्ने भनी सर्वोच्च अदालतले आदेश जारी गरेको हो । सर्वोच्च अदालतले गत चैतमा गरेको फैसलाको संक्षिप्त आदेश अनुसार भन्दै परराष्ट्र मन्त्रालयले केसी नेतृत्वको अहिलेको कार्यसमितिलाई काम गर्न रोक लगाएको थियो । तर, सपना प्रधान मल्ल र नहकुल सुवेदीले गरेको फैसलाको पूर्ण पाठ नआउँदै परराष्ट्र मन्त्रालयले पत्र लेखेको आदेश अनुसार नभएको भन्दै बदर गरिदिएको हो ।

चैत २१ गते सर्वोच्चको संयुक्त इजलासले गरेको फैसला एनआरएनएको २०७८ चैतमा दुई पक्षले समानान्तर महाधिवेशन गरेको र समानान्तर कार्यसमिति चयन गरेको विषयसँग सम्बन्धित थियो । त्यतिबेला भएको दशौं महाधिवेशनले कुल आचार्य, रविना थापा र बद्री केसी एक–एक वर्ष अध्यक्ष रहने घोषणा भएको थियो । तर, असन्तुष्ट समूहले विनोद कुँवरको अध्यक्षतामा अर्को समिति घोषणा गरेको थियो ।

परारष्ट्र मन्त्रालयले आचार्य, थापा र केसी पक्षलाई मान्यता दिएको भन्दै त्यसलाई खारेज गर्न विनोद कुँवर पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो । ती दुवै कार्यसमिति भंग गरी सल्लाहकार समितिलाई ६ महिनाभित्र निर्वाचन गराउन सर्वोच्चले आदेश दिएपछि परराष्ट्र मन्त्रालयले २८ चैतमा अन्तराष्ट्रिय समन्वय परिषदको सचिवालयको नाममा पत्र पठाएको थियो ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।