२०८१ असोज ०७ गते सोमबारअश्विन ८ दैलो न्युज नौमूले
गोविन्द गुरुङ्ग
नौमुले गाउँपालिकाको आयोजना, सोसेक नेपाल र सि.बि.एम ग्लोबल आर्थिक सहयोग अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र कर्णाली प्रदेशको प्राविधिक सहयोग मा १ वर्ष भन्दा माथि अपाङ्गता भएका ब्यक्तिहरुलालाई घुम्ती शिविर HRDC) प्राविधिक सहयोगमा १८ वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिका कान आँखाको समस्या भएका हरूको लागि अपाङ्गता पहिचान तथा पुनर्स्थापना शिविर संचालन गरियो । प्रमुख अतिथी सीता कुमारी राना अध्यक्षता छबिराम सुबेदी शारीरिक अपाङ्गता परीक्षण घुम्ति शिविरमा जाँच गरिने अवस्थाहरु : १-जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केको ।
२-आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको । ३-खुट्टा लुलो वा कमजोर भएको । ४-भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको । ५-जोर्नीहरु र घुडाको समस्या भएको । ६-पढाड बाङ्गो वाकुप्रो भएको । ७-जोर्नी दुख्ने वा सुन्निने समस्या भएको ८-हड्डी पाकेर लामो समय देखि पीप आईरहने । ९-औलाहरु एक आपसमा टाँसिएको वा बढी भएको । १०-सहायक सामग्री वा कृत्रिम अङ्गहरुको आवश्यकता भएको । ११-हड्डीको टि.वि. रोग लागेको । १२-शरीरका विभिन्न जोर्नीहरु बाङ्गो भएको ।
१३-अन्य हाडजोर्नी सम्बन्धी समस्या भएको । १४-ओठ तालु फाटे व्यक्तिहरू २०५ जना नयाँ पहिचालन जस्मा ७७ बालक ५० बालिका वयस्क पुरुष ३५ र महिला ४३ जम्मा २०५ जनालाई शिविर संचालन नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न गरीयो।








