Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

कोशीका मुख्यमन्त्रीले आज विश्वासको लिदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दोस्रोपटक विश्वासको मत लिंदैछन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको तेस्रो कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि माओवादी समर्थनमा २७ वैशाखमा तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले ३१ बैशाखमा विश्वासको मत लिएका थिए ।

नयाँ राजनीतिक समीकरण बनेपछि ११ साउनमा सरकार छाडेको माओवादी केन्द्रले १४ भदौमा समर्थन फिताी लएपछि उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभामा कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीको दलसँग ४० सांसद छन् । सत्ता घटक कांग्रेसका २९ सांसद छन् ।

प्रदेश सभामा १३ सांसद रहेको माओवादी केन्द्र, ६ सांसद रहेको राप्रपाका, ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीका ४ र एक सांसद रहेको जसपा प्रतिपक्षमा छन् ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।