Dailo News
२०८३ श्रावण २१ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २१ बिहीबार

नागरिकलाई असुविधा हुने कर्णालीका ‘चेक पोइन्ट’ हटाउन मुख्यमन्त्री यामलाल कँडेलको निर्देशन !

श्रावण ३० दैलो खबर सुर्खेत।

कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री माननीय यामलाल कँडेलले सार्वजनिक यातायात व्यबस्था र प्रहरी जाँचपास वारे सरोकारवाला सरकारी संयन्त्रसँग वि.स. २०८१ साल साउन २९ गते मुख्यमन्त्री कार्यालयमा बैठक आयोजना गरेका थिए ।
बैठकमा नियमित कार्यसुचिका अतिरिक्त यस सम्बन्धमा दैनिक आईरहेका उजुरी, गुनासा, सामाजिक संजालका गुनासा र संचार माध्याममा प्रेषित समाचार सम्बन्धमा पनि छलफल भएको छ।

१) कर्णाली प्रदेशको प्रवेशद्वार बबई नाका देखि हाल नियमित यातायात चलिरहेका जुम्ला सम्म करिव २२ स्थानमा जाँचपास हुने आजसम्मको अवस्थालाई बदल्नु पर्ने। बबईमा डिजिटल प्रविधि मार्फत जाँचपासको आवश्यक प्रवन्धकालागि पहलकदमी गर्ने। सम्पुर्ण प्रहरी चौकीमा ईन्ट्री गर्ने तर जाँचपास निस्चितमा मात्र गर्ने।

२) चेक जाँचपासको क्रममा खटिएका प्रहरी र यातायात साधन पक्षधरको राजिखुशी भैरहेका लेनादेना सुन्यमा झार्ने। ट्राफिक नियमको उल्लंघन छ भने जरिवाना गरि राजस्व संकलन गर्ने।

३) यातायातका साधनहरुले रोडपरमिटको ख्याल गरिकन मात्र यात्रु राख्ने।

४) सार्वजनिक यातायातको भाडादर समायानुकुल बनाउने। र पक्की सडक भैसकेका ठाउमा पनि कच्ची सडकको भाडादर नराख्ने।

५) राजमार्ग व्यबस्थित र ट्राफिक मैत्री बनाउन पहलकदमी गर्ने।

६) सवारी तथा यातायात व्यबस्था ऐनको परिधिभित्र रहेर नै कानुन कार्यान्वयन, सार्वजनिक सेवा र यातायात साधनको व्यबस्थापन गर्ने।

७) सार्वजनिक सडक किनारामा निर्माण सामाग्री र बिग्रिएका थोत्रा सवारी साधन लामो समयदेखि राख्न नदिने।
लगायतका विषयमा मुख्यमन्त्रीले स्पष्ट निर्देशन दिएका छन् ।

बैठकमा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री सहित सरोकारवाला सरकारी संयन्त्रका प्रमुखको सहभागीता थियो।

कर्णाली प्रदेश प्रहरी प्रमुख, भौतिक तथा सहरी विकास मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, यातायात व्यबस्था कार्यलय सुर्खेत प्रमुख र प्रदेश ट्राफिक कार्यलय प्रमुखले सम्पुर्ण परिस्थितिको मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।