सुमित्रा चन्द ।
जुम्लाकाे हिमा गाउँपालिका पहिलाे साक्षरता पालिका घाेषणा हुने भएको छ । बिहीबार अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा हिमा गाउँपालिका पहिलो साक्षरता पालिका घाेषणा हुन लागेको हाे ।
गाउँपालिकाकाे आयोजनामा जिल्लाकाे पहिलाे साक्षरता घाेषणा गर्न लागेको शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख रमेश मल्लले बताए । गाउँपालिका भित्रका ९५ प्रतिशत भन्दा माथि सामान्य लेखपढ गर्न सक्ने भए पछि पालिकाले घाेषणाा गर्न लागेको मल्लले बताए । जिल्लामा साक्षरता हिमा गाउँपालिका पहिलो हुने उनकाे भनाइ छ ।
१५ बर्ष देखि ६० बर्ष उमेर समुहका नागरिक साक्षर भएको स्थानीय सरकारकाे सिफारिस अनुसार कार्यविधिमा रहेर स्थानीय तह साक्षरता घाेषणा गर्न लागिएको छ ।
हिमा गाउँपालिकामा ७ ओटा वडा रहेका छन् । साबिक कर्णालीका ५ जिल्ला साक्षरता घाेषणा हुन बाँकी छन् । पूर्व कर्णाली अञ्चलका ५ जिल्ला मध्य हिमा पहिलो गाँउपालिका भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण कुमार शाहीले बताए ।
बिहीबार अन्तराष्ट्रिय साक्षरता दिवसको अबसर पारेर गाउँपालिका जुम्लाले भोलि साक्षर पालिका घोषणाको कार्यक्रम आयोजना गरेको शाहीको भनाइ छ। जुम्ला जिल्लाको पहिलो साक्षर पालिका घाेषणा गर्न सहयोग गरेकोमा शाहीले सरोकारवाला निकायहरूलाई धन्यवाद दिएका छन् ।








