Dailo News
२०८३ श्रावण १९ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १९ मंगलवार

बीरेन्द्रनगरमा ब्राउन सुगरसहित २ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–३ का २६ वर्षीय भुवन भण्डारी र बराहाताल गाउँपालिका–९ का २८ वर्षीय चन्द्र बहादुर बुढाथोकी छन् । उनीहरूको साथबाट १८ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित १० हजार नौ सय बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

डीएसपी विश्वकर्माका अनुसार उनीहरूलाई आइतबार बेलुका वीरेन्द्रनगर–८ क्याम्पस रोडबाट नियन्त्रणमा लिइएको हो । क्याम्पस रोड क्षेत्रमा लागु औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।