Dailo News
२०८३ कार्तिक १९ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १९ बुधबार

लमजुङबाट प्रत्यक्ष निर्वाचित तीनै जना सांसद बने मन्त्री ।

 दैलो न्युज सुर्खेत

लमजुङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित तीनै जना सांसद मन्त्री बनेका छन् । एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको लमजुङबाट संघमा प्रत्यक्ष निर्वाचित पृथ्वीसुब्बा गुरुङ संघमा र प्रदेश सभातर्फ निर्वाचित डा. टकराज गुरुङ र भेषबहादुर पौडेल प्रदेशमा मन्त्री बन्न सफल भएका हुन् । लमजुङबाट निर्वाचित संघमा पृथ्वीसुब्बा र प्रदेशमा डा. टकराज मन्त्रीमात्रै होइन, सरकारको प्रवक्तासमेत छन् ।

नेकपा माओवादीका महासचिवसमेत रहेका प्रतिनिधि सभा उम्मेदवार देव गुरुङलाई हराउँदै विजयी भएका एमाले उपमहासचिव पृथ्वीसुब्बा केपी ओली प्रधानमन्त्री भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए । गण्डकी प्रदेशको स्थापना कालका मुख्यमन्त्री हुँदै संघको टिकट पाएर सांसद बनेका पृथ्वीसुब्बालाई ओली सूचना मन्त्री बनाउँदै सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् । लमजुङमा एमालेबाट संघमा पृथ्वीसुब्बाले चुनाव जित्दा प्रदेशतर्फ भने दुवै जना नेपाली कांग्रेसबाट विजयी भएका थिए । पछिल्लो पटक सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेपछि लमजुङ प्रदेश सभा ‘क’तर्फबाट विजयी डा. टकराजलाई गत जेठ १६ गते अर्थमन्त्री नियुक्त गर्दै सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएका थिए । अर्थमन्त्री डा. टकराजले चालु आर्थिक वर्षको बजेट ल्याएका छन् । उनले लमजुङमा एमालेका प्रभावशाली नेता जमिन्द्रमान घलेलाई हराउँदै प्रदेश सांसद बन्न सफल भएका थिए ।

डा. टकराज कांग्रेस सभापति शेरबहादुर देउवा समूहका हुन् । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराजले भौतिक मन्त्री रहेका स्वतन्त्र सांसद दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, मनाङे कम प्रभावशाली मन्त्रालय दिएको भन्दै अस्वीकार गरेर राजीनामा दिएपछि रिक्त वन तथा वन तथा वातावरण मन्त्रालयमा सोमबार लमजुङकै भेषबहादुरलाई जिम्मेवारी दिएका हुन् ।

मनाङेले राजीनामा दिएपछि कांग्रेसको संस्थापनइतर शेखर कोइराला–गगन थापा समूहका भेषबहादुरलाई मन्त्री बनाएका छन् । गण्डकीमा देउवा समूहबाट मात्र मन्त्री थिए । शेखरसँग नजिक रहेकी स्याङ्जाकी कल्पना अर्याल तिवारीलाई मन्त्री बनाउने योजना हुँदा गण्डकीमा गगन पक्षकै जोडबलमा लमजुङका भेषबहादुरले अवसर पाएका हुन् ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।