Dailo News
२०८३ आश्विन ३ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ३ शनिबार

कांग्रेस-एमाले बाहेकका दलहरू सडकमा आउने सम्भावना छ : सीके राउत ।

दैलो न्युज सुर्खेत ।

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मधेशवादी दलहरू अब एक हुने ठूलो सम्भावना रहेको बताउँदै उनले कांग्रेस–एमाले बाहेकका सबै दल सडकमा आउने सम्भावना रहेको जिकिर गरे ।

‘मधेशवादी दलहरू एकत्रित हुने ठूलो सम्भवाना छ । किनभने दुई वटा ठूला दल आपसमा मिलेर सरकार बनाएका छन् । जुनकुरा लोकतान्त्रिक देशमा विरलै हुने कुरा हो,’ उनले भने, ‘मधेश केन्द्रित दलहरू मात्रै होइन, ती दुई दलहरू बाहेक अरु सबै दलहरू मिलेर सडकमा आउने सम्भावना प्रवल देखेको छु ।’ सरकारका पछिल्ला केही निर्णयहरूले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महसुस गरेको उनको भनाइ थियो ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।