दैलो न्युज सुर्खेत
मानेन्द्र चन्द फाउनडेसन आयोजनामा नौमूले गाउँपालिका तथा सम्पूर्ण सहयोगी दाताहरुको आर्थिक सयोगमा अन्तरपालिका वडा स्तरीय पुरुष र महिला भलिबल प्रतियोगीता मा वडा नम्बर २ बालुवाटारको बाल्टारमा फागुन २८ गते देखि चैत्र १ गतेसम्म खेल संचालन गरिएको थियो । पुरुष तर्फ ९ वटा टिम र महिला तर्फ ५ वटा टिम सहभागी खेलाडीले राम्रोसंग खेलमैदान
भलिबल खेल्दै जादा प्रथम वडा नम्बर ८ चौराठा द्वितीय वडा न २ आयोजक टिम बालुवाटार तृतीय वडा न १ तोली सान्तना वडा न ४ कालिका जित हासिल गर्न सफल भएको थियो ।
पुरुष तर्फको खेलको पुरस्कार
नौमूले वडा नम्बर ८, चौराठा प्रथम पुरस्कार ४०,०००।
नौमूले वडा नम्बर २ बालुवाटार आयोजक द्वितीय ३०,०००।
नौमूले वडा नम्बर १ तोली तृतिय पुरस्कार २०,००० ।
नौमूले-४, कालिका सान्त्वना १०,०००।
राजु के.सी. नौमूले-२ बालुवाटार अनुसासित १०००।
प्रदिप चन्द नौमूले-८, चौराठा उत्कृष्ट स्पाईकर १,०००।
चन्द्र बहादुर तारामी नौमूले-२ बालुवाटार अनुसासन १०००।
प्रकाश सुत्पराई मगर नौमूले-४, कालिका कान्छो खेलाडीले उत्कृष्ट अनुशासन १,०००।
पुस्प नेपाली नौमूले-८, चौराठा उत्कृष्ट ब्लकर ५००।
याम ब. चन्द नौमूले ८, चौराठा उत्कृष्ट लिप्टर ५००। नि
राजन शाही नौमूले-८, चौराठा उत्कृष्ट लिब्बो ५००।
जम्मा रकम १०५,५००।
महिला खेलाडी तर्फ प्रथम हासिल गर्ने । न्यु विपना स्पोट कलब वडा नम्बर ३ द्वारी
द्वितीय वडा नम्बर १ तोली तृतिय वडा नम्बर ६ सल्लेरी आयोजक सान्त्वना वडा नम्बर ५ नौगाउँले जित हासिल गरेको थियो ।
महिलातर्फ खेलको पुरस्कार
न्यू विपना स्पोट क्लब नौमूले-३ द्वारी प्रथम पुरस्कार २०,०००।
नौमूले -१ तोली द्वितिय पुरस्कार १५,०००।
आयोजक नौमूले-६ सल्लेरी तृतिय पुरस्कार १०,०००।
नौमूले -५ नौगाउ सान्त्वना पुरस्कार ७,०००।
नौमूले-६ सल्लेरी सुजाता चन्द अनुसासित ५००।
नौमूले-१ तोलि सुशिला शाही उत्कृष्ट खेलाडी ५००।
नौमूले-३ द्वारी विपना थापा मगर उत्कृष्ट स्पाईकर ५००।
नौमूले-६ सल्लेरी महिला ज्येष्ठ धनी थापा मगर खेलाडी उत्कृष्ट सम्मान ५००।
जम्मा रकम ५४,०००।
आउदो दिनमा मानेन्द्र चन्द फाउडेसन द्वारा खेलाडी उत्पादन गर्ने लक्ष्य र नौमूले गाउँपालिका र देशको भरी चिनाउँन सक्षम युवा खेलाडीलाई रेफ्री जीवन श्रेष्ठ र शमशेर श्रेष्ठ द्वारा छनौट गरिएका असल, अनुशासन, प्रतिभाशाली युवा युवतीहरु लाई तत्काल १२ जना पुरुष १२ जना महिलालाई एक हप्ताको प्रशिक्षक द्वारा तालिम गराउने समेत प्रतिबद्धता गर्नुको साथै भाई बहिनीहरु लाई जिल्ला समन्वयमा पठाईने मानेन्द्र चन्दले बताउनुभएको छ ।
२०७४ साल देखि खेलकुदमा धेरै खर्च गर्दै गर्दै आएको छ क्षेत्रीय समम खेलाडी पुर्याउने लक्ष्यले रहेको फाउन्डेसनको प्रतिबद्धता जनाउनुभएको छ । खेलाडी अनुशासन असल मेहनती जेहनदार हुनुपर्ने एकजना मात्रै भएपनि अगाडि बढाउने लक्ष्यले फाउन्डेसन द्वारा आयोजित खेलमा छानिनु भएका खेलाडीहरूलाई उच्च सम्मान गर्दै सहसंयोजक गगन बहादुर बस्नेतले कार्यक्रम समापन गर्नुभएको छ ।








