Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

असुरक्षित तवरले गरिएको ट्राफिक जाँच जिम्मेवार भएको स्थानीयको आरोप -ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु

श्रावण  ३२ दैलाे खबर सुर्खेत ।

भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार दिउँसो ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जीवन श्रेष्ठले पनि प्रत्यक्षदर्शीले दाबी गरेअनुसार ट्राफिक चेकिङका क्रममा दुर्घटना नभएको बताए । ‘त्यहाँ खटिएका ट्राफिक प्रहरीसँग प्रारम्भिक सोधपुछमा हामीले त्यस्तो पाएको छैनौं,’ उनले भने, ‘दुवै सवारीसाधन एकैतर्फ गइरहेकाले कुन सवारीको गल्ती के थियो भनेर अनुसन्धान हुँदै छ ।’

ट्राफिक प्रहरीले जथाभावी चेक प्वाइन्ट राखेर चेकिङ गरेकैले घटना भएको भनेर सामाजिक सञ्जालदेखि घटनास्थलसम्म आलोचना भइरहेको सन्दर्भमा त्यसमा सत्यता नभएको एसएसपी श्रेष्ठले बताए । ‘ट्राफिक प्रहरीले गर्ने चेकिङमा सुधार गर्नुपर्ने ठाउँ होला, तर यो घटनामा जोड्नु उचित हुँदैन,’ उनले भने, ‘काठमाडौं उपत्यकामा सडकको अवस्था, सवारीसाधनको संख्या, ट्राफिक संकेत र बत्तीहरूको दुर्दशा सबैले देखेकै छौं । त्यससँगै यात्रु र सवारी चालक दुवै ट्राफिक नियमलाई लिएर जागरुक छैनन्, भए पनि हेलचेक्रयाइँ गर्छन् । त्यसैले दुर्घटना हुन्छ । चेकिङले दुर्घटना भयो भन्नु ठीक हुन्न ।’

उनले ट्राफिक प्रहरीले सडकमा जथाभावी चेकिङ गर्दा आफू पनि असुरक्षित हुनुका साथै सवारी चालक र यात्रु पनि असुरक्षा हुने विषयमा आफूहरू सचेत रहेको बताए । ट्राफिक प्रहरीले असुरक्षित रूपमा चेकिङ गरेको विषयमा गुनासो आए छानबिन गरिने पनि बताए । ‘कहिले ओभरस्पिड, कहिले लागूपदार्थ सेवन गरेर त कहिले लापरबाहीपूर्वक सवारीसाधन चलाउनेलाई कारबाही गर्न हामीले केही स्थानमा नियमित र केही स्थानमा छड्के चेकिङ गर्छौं, त्यसले सवारी आवागमन असहज हुनु हुँदैन,’ उनले भने, ‘यही घटनाका कारण आएका सुझावलाई पनि हामीले गम्भीरतापूर्वक लिएर सुधार गर्छौं ।’

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।