Dailo News
२०८३ कार्तिक २२ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक २२ शनिबार

हुम्लाको सिमकोटमा ट्याक्टर दुर्घटना दुई जना घाइते

 श्रावण १८ ,दैलाे खबर, सुर्खेत।

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँ नजिक पैरापोरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान लगभग ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्याक्टर ट्रनिङ्ग नपुगेर चिप्लीएर सडक भन्दा करीव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । सदरमुकाम सिमकोटदेखि ठेहेका लागि चामल लिएर गएको ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ट्याक्टर चालक २७ वर्षीय धनबहादुर सुनार र सिमकोट गाउँपालिका–२ ठेहेका (सहचालक) २३ वर्षीय प्रिती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताए ।

प्रहरीका अनुसार चालक सुनारको छातीको भित्री भागमा र सहयचालक प्रितीको ढाड, टाउको र दाहिने हातको बुढी औँला र चोर औँलामा चोट लागेको छ । घाइतेको उद्धारपछि दुवै जनाको जिल्ला अस्पताल हुम्लामा पुर्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।