२०८१ भदौ १७ गते सोमबार दैलो न्युज सुर्खेत,
-गोविन्द गुरुङ्ग
दैलेख -नौमूले गाँउपालिका वडा नं-६ स्थीत शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षकहरुका लागी बाल केन्द्रित शिक्षण सिकाई तालिम सुरु गरिएको छ । आयोजना,महिला सशक्तिकरण मंञ्च दैलेख,केड नेपाल सुर्खेतको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको हो । वालकेन्द्रित शिक्षण सिकाई उपलब्धि र प्रभावकारी किसिमले सञ्चालन गर्नका लागि तालिम संञ्चालन गरिएको बिध्यालयका प्रधानाध्यापक मान बहादुर रावतले बताए । उनले शैक्षिक सुधारका लागि विद्यालयले सिकाई उपलब्धिलाई प्राथमिकतामा राखेको जानकारी दिए । वडाले शैक्षिक क्षेत्र सुधारको लागी वस्तुगत अध्यन र छलफलाई तिव्रता दिएको नौमूले गाँउपालिका वडा नं-६ का वडासदस्य अभिमान सिंह रानामगरले बताए । उनले शैक्षिक सामाग्रि वनाई वालवालिकालाई शिक्षण सिकाई प्रभावकारि हुने र सिकाई उपलब्धि बढाउने प्रयास अन्तर्गत वडामा भएका विद्यालयका विद्यार्थीको आधार उपलब्धि परीक्षण हुने बताए ।








