Dailo News
२०८३ कार्तिक २० बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक २० बिहीबार

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो ।

भाद्र २५ दैलो न्युज सुर्खेत ।

 नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या पाँच जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् ।

कूल सङ्क्रमित सङ्ख्यामध्ये तीन हजार ६१९ जना अर्थात् ४७.४ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् । यस्तै, बागमती प्रदेशमा १ हजार ९११ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८८५ जना, मधेसमा १२८ जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४३५ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।