Dailo News
२०८३ कार्तिक २० बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक २० बिहीबार

नेप्से परिसुचक ३२.८१ अंकले फेरी घट्याे

अश्विन १० दैलो न्युज सुर्खेत

साताको अन्तिम दिन विहवार नेप्से परिसूचक घटेर फेरी घटेर बन्द भयाे । हिजाे अर्थात बुधबार, करिब ५० अंक बढेर २५०० विन्दुभन्दा माथि बन्द भएको नेप्से, पुनः २५०० विन्दुभन्दा तल झरेको हो। आज नेप्से परिसूचक ३२.८१ अंक घटेर २४८६.७६ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९६ अंक घटेको छ।

नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आव ३२२ स्टकको ६५ हजार २५८ पटकको कारोबारमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशत बढेको छ।

त्यस्तै, बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। ग्रीन भेन्चर्स लिमिटेडको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ५९ रुपैयाँ घटेर ५३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४७ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सको साढे १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०१ अंक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३० अंक बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।