Dailo News
२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

नेप्से परिसुचक ४३ अंकले वृद्वि

दशैँपछिको कारोबार काे दाेस्राे दिन आज पनि नेप्से सूचक उच्च अंकले बढेको छ। मंगलबार ३१ अंकले बढेको बजार बुधबार पनि ४३.२२ अंकले बढेको छ ।

बुधबार नेप्से सूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेको छ। बुधबार ५ अर्ब ६६ करोड २ लाख २७ हजार ७३७ रुपैयाँ बराबरको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ।

यसअघि नेप्से सूचक २७०० माथि हुँदा १५ अर्बभन्दा बढीको कारोबार भइरहेकोमा अहिले कारोबार रकम निकै खुम्चिएको देखिन्छ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिन्छ जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर २.१३ प्रतिशतले बढेको छ।

बुधबार विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.३३ प्रतिशतले बढेको छ भने इष्ट्रन पावरको ९.२४ प्रतिशत र समता घरेलु लघुवित्तको ८.६२ प्रतिशतले बढेको छ। यता गरि स्यांगे हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मिड सोलु हाइड्रोपावरको ५.५४ प्रतिशत र मिथिला लघुवित्तको ४.५५ प्रतिशतल घटेको छ।

आज नेपाल फाइनान्सको सबैभन्दा धेरै १५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १५ करोड ४ लाख र एनआइसी एशिया बैंकको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।