Dailo News
२०८३ श्रावण २० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २० बुधबार

कञ्चनपुरका बडायक दम्पतीकाे हत्या गरेकाे आराेपमा एक जना पक्राउ ।

दैलो न्युज सुर्खेत ।

कञ्चनपुरको लालझाडी गाउँपालिका– १, बिनबारीका बडायक दम्पती हत्या प्रकरणमा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् ।

हत्याको करिब एक महिनापछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र केसीले एक जनालाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय गंगाबहादुर राना छन् । उनलाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

यता, कञ्चनपुर जिल्ला अदालतले रानालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्नसमेत अनुमति दिएको छ । ‘एक महिना लामो अनुसन्धानपछि रानालाई पक्राउ गर्न सफल भएका हौं । उनी पक्राउ परेसँगै थप अनुसन्धानको बाटो पनि सहज भएको छ’ डीआईजी केसीले जानकारी दिए । अहिलेसम्मको अनुसन्धानले हत्याको कारण लुटपाट भन्दा पनि मदिरा सेवनपछिको विवादका कारण हत्या भएको खुलेको डीआईजी केसीले बताए । प्रहरीले पत्रकार सम्मलेन गरेर रानालाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

८ कात्तिकको बिहान रमेश बडायक र उनकी श्रीमती कमला मृत भेटिएका थिए । रमेश घरको आँगनमा मृत भेटिएका थिए भने उनकी श्रीमती कमला बरण्डामा सुतेकै ठाउँमा मृत भेटिएकी थिइन् । रमेशको टाउको र कमलाको टाउको तथा निधारमा समेत धारिलो हतियार प्रहार गरिएको थियो । दम्पत्ती मृत फेला परेपछि कन्चनपुरका डीएसपी उमेश जोशीको कमाण्डमा घटनास्थल लालझाडीमा पुगेर अनुसन्धान सुरु गरिएको थियो । पछि प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शाह र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोली समेत अनुसन्धानमा खटिएको थियो । स्थानीय र प्रदेशको टोलीबाट समेत घटना नसुल्झिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट समेत टोली परिचालन गरिएको थियो । बडायक दम्पत्ती लालझाडीमै नास्ता पसल सञ्चालन गर्दै आएका थिए ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।