Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

नेप्से परिसूचक १५.९३ अंक घटेर बन्द

२० म‌सिर दैलाे न्युज सुर्खेत 

 आज साताको अन्तिम कारोबार नेप्से परिसूचक घटेर बन्द भएको छ। बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक १५.९३ अंक घटेर २७३४.९३ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। हिजाे ९ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा  ३०७ स्टकको ८७ हजार ४७६ पटकको कारोबारमा ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। त्यस्तै, सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९.९५ प्रतिशत बढेको छ भने मानुषी लघुवित्तको शेयरमूल्य ९.८१ प्रतिशत बढेको छ। कारोबारमा आएको सपोर्ट हाइक्रोफाइनान्सको शेयरमूल्य भने सर्वाधिक ८.३७ प्रतिशत घटेको छ। त्यसैगरी, नेपाल फाइनान्सको शेयरमूल्य  ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको  ४२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै,  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को करिब २१ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६७ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक ०.७९ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६३ प्रतिशत घटेको छ। त्यसैगरी,  वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने विपकास बैंक, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।