Dailo News
२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

नेप्से परिसूचक ७९.८८ अंकले घट्याे

भाद्र ९, दैलाे न्युज सुर्खेत ।

साताको पहिलो कारोबार नेप्स परिसूचक घटेकाे छ । पछिल्लो केही सातादेखि निरन्तरजसो उकालो लागिरहेको नेप्सेमा आज उच्च अंकले गिरावट भएको हो।

आइतबार नेप्से परिसूचक ७९.८८ अंक घटेर २८९४.५७ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १४.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७९ अंक घटेको छ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १९ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३३३ स्टकको २ लाख १८ हजार ५७८ पटकको कारोबारमा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँ बराबरको ४ करोड २६ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। लघुवित्त उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.८३ प्रतिशत घटेको छ। त्यस्तै, बैंकिङ्ग, वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

आज ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने धौलागिरी लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब साढे ७३ करोडको शेयर कारोबार भएको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको करिब ५२ करोडको शेयर किनबेच भएको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।