अश्विन १० दैलो न्युज सुर्खेत
डिलबहादुर थापा पेशाले युवा किसान हुन् । तर अहिले उनी भेरीगंगा नगरपालिका वडा नम्बर १३ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित वडा सदस्य पनि हुन्। उनले उन्नत जातको किरा खेतीबाट मनज्ञ आम्दानी गर्न सफल भएका छन्। उनको किरा खेती तीन रोपनि जग्गामा अवस्थित छ।
उनका अनुसार केरा खेती विगत दुई वर्षदेखि गर्दै आइरहेका छन्। व्यवसायिक केरा खेतीबाट उनले वार्षिक रुपमा लगभग ४ लाख हाराहारीमा आम्दानी गर्न सफल भएका छन्। उनले भन्छन् म एकजना जननिर्वाचित वडा सदस्य भएका नाताले पनि यस्तो प्रकारको व्यावसायिक किरा खेती गर्दा अन्य कृषकहरु पनि व्यवसायिक रुपमा विभिन्न खेतीपातीमा संलग्न भई मनज्ञ आम्दानी गर्न सकुन् भन्ने मेरो उद्देश्य रहेको छ। साथै उनी आजभोलि रातो केराको खेती गर्न पनि अगाडि बढेका छन्।
रातो किरा यस्तो प्रकारको किरा हो जुनकेरा को सेवन सुगर भएका व्यक्तिहरूको लागि पनि उत्तम मानिन्छ । यसरी किसानहरूलाई आधुनिक कृषिप्रति ध्यानाकर्षण गर्ने उद्देश्यका साथ उनी केरा खेतीमा जुटिरहेका छन्। वडा कार्यालयको जनताको सेवा बाट बचेको समयलाई सदुपयोग गर्दै अहिले उनी बिहान बेलुकाको समय केरा खेतीमा नै व्यस्त हुने गर्दछन् । अबको उनको उद्देश्य भनेको आउँदो २०८४ सालमा वडा नम्बर १३ को वडा अध्यक्ष हुने रहेको छ।





