Dailo News
२०८३ कार्तिक २१ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक २१ शुक्रबार

रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छ : मन्त्री दाहाल ।

आश्विन १० दैलो न्यूज सुर्खेत ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको बताएका छन् । बिहीवार जनकपुर—जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उनले सो कुरा बताएका हुन् । उनले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको बताए । बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गरी फास्टट्रयाकसँग काठमाडौँलाई जोड्ने गरी तयारी गरिरहेको बताए । उनले सरकारले रेल्वे वासिङ सेन्टरको निर्माण गरिरहेको भन्दै वासिङ सेन्टरको निर्माणसँगै रेल्वे सञ्चालन घाटामा कमी आउने विश्वास व्यक्त गरे । उनले भारतसँग केही सम्झौता गरेर मालवाहक रेल छिटै सञ्चालनमा ल्याउने पनि बताए ।

भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले व्यापारलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘रेल्वे सञ्जालको विकासका लागि हामी व्यवस्थित ढंगले अघि बढ्ने सोचेका छौँ । त्यस सन्दर्भमा हामी विभिन्न सडकहरुको आयोजनाहरुको स्थलगत निरीक्षण गर्नुका साथै रेल्वे स्टेशनहरुको अवस्थाको बारेमा जानकारी लिनका लागि र रेल चढेर नै इन्जोय गर्ने । जनकपुरबाट जयनगरसम्म जाने भनेर यहाँ रेल पनि चढ्ने भनेर आएका छौँ । बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र त्यहाँदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गर्ने र फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेका छौँ । कसरी रेल्वे सञ्चालन गर्ने भन्नेबारेमा टनकपुरदेखि जयनगरसम्मको जुन सञ्चालन भइरहेको छ । यसलाई हामीले शुरुवात गरेका छौँ । यसलाई बिस्तारै बिस्तारै वासिङ सेन्टर बनाउँदै छौँ ।

त्यो बनाइसकेपछि हाम्रो केही घाटा आधा कम हुन्छ । क्रमशः हामी घाटा कम गर्ने, अरु पनि उपाय अपनाउने, मालवाहक ट्रेनको पनि योजना छ ।’ उनले थप भने, ‘मालवाहक ट्रेन कहिलेदेखि चल्ने भन्ने छ । यो सञ्चालनका लागि भारतसँग पनि केही सम्झौता गर्नुपर्ने छ । भारतसँग पनि हामीले सहयोग लिनुपर्ने भएको छ । भारत र नेपालबीचको सामानहरुको आदानप्रदानको कुरा भएको हुँदा भारतसँग पनि हामी केही विषयमा छलफल गर्छौं । त्यसपछि छिटै नै हामी मालवाहक रेल सञ्चालनको तयारीमा लागिरहेका छौँ । भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले हाम्रो व्यापारलाई पनि सहयोग गर्नेछ । सांस्कृतिक सम्बन्ध पनि छ । जनकपुरदेखि अयोध्यासम्मको यात्रा छ ।

पुरानो सांस्कृतिक सम्बन्ध रहेकाले उहाँहरुको प्रश्तावलाई सकारात्मक ढंगले लिएका छौँ । नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र उहाँहरुको ट्रेन पनि जनकपुरसम्म आउनुपर्छ भन्ने सोच हाम्रो छ । त्यो ढंगले दाहोरो प्रक्रियामा ट्रेन सञ्चालन गर्ने हाम्रो प्रश्ताव रहेको छ ।’ नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र भारतको ट्रेन पनि जनकपुरसम्म ल्याउन दिने सोच नेपालको रहेको बताए ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।