Dailo News
२०८३ श्रावण २० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २० बुधबार

प्रतिनिधि सभा बैठकमा रास्वपा सांसदको प्रश्न :संसद्‌मा दर्ता भएको धितोपत्र सम्बन्धि विधेयक कहाँ तयार भएको हो ?

सरकारले संसद्‌मा दर्ता गराएको ‘धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८१’ कहाँ बनेको हो भन्दै प्रतिनिधिसभामा प्रश्न उठेको छ । उक्त विधेयक कहाँ र कसले तयार पारेको हो भन्ने यकिन गरेर मात्रै अगाडि बढाउनुपर्ने भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले सभामुखलाई आग्रह गरेकी हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद श्रेष्ठले अमूक ल फर्मको नाम विधेयकको ‘अथर’ (लेखक)मा उल्लेख रहेको भन्दै भन्दै प्रश्न उठाएकी हुन् ।

हिजो हामीले धितोपत्र ऐन संशोधन गर्न बनेको विधेयकमा छलफल गर्‍यौं । सांसद, सभामुख, कर्मचारी, मिडिया सबैलाई एउटा अनुरोध गर्न चाहन्छु, संसद्को वेबसाइटमा भएको विधेयक डाउनलोड गरेर, दाहिनेतिर क्लिक गरेर त्यसको प्रपर्टीज् एकचोटी हेर्नु त्यसको अथर के छ ? एउटा अमूक ल फर्मको नाम छ त्यसमा,’ सांसद श्रेष्ठले आग्रह गरिन्, ‘के यो अर्थमन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै ल फर्मले किनिदिएको हो ? कि त्यो विधेयक नै ल फर्ममा ड्राफ्ट गरेको हो ?’

धितोपत्र सम्बन्धि संवेदनशील विधेयक एउटा ल फर्मको नाम राखेर संसद्को वेबसाइटमा दर्ता गरिएको विषयमा संसद् गम्भीर बन्नुपर्ने सांसद श्रेष्ठको आग्रह थियो ।

‘यस्तो महत्त्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि सरकारले ड्राफ्ट गर्छ कि कुनै ल फर्मले ड्राफ्ट गर्छ ?,’ उनले भनिन्, ‘आउटसोर्स गरेको भए आउटसोर्सको डकुमेन्टेसन चाहियो । धितोपत्र संशोधनको विधेयक अमूक ल फर्ममा तयार गरेको भए यो खारेज गरेर अर्को दर्ता गर्नुपर्‍यो ।’

संसद्को वेबसाइटमा उक्त विधेयकको अथरमा ‘पायोनियर ल असोसिएट्स’ उल्लेख छ । उक्त विधेयक प्रतिनिधिसभामा साउन ३२ मा दर्ता गरिएको थियो ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।