Dailo News
२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

एक सातालाई पर्यटनमन्त्रीका कार्यक्रम स्थगित, हवाई सुरक्षामा केन्द्रित हुने

श्रावण २४, दैलो खबर, सुर्खेत।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक साता जरुरी बाहेकका काम थाँती राखेर हवाई सुरक्षा सुधारका लागि केन्द्रित हुने बताएका छन् । यो अवधिमा हवाई सुरक्षाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारको उपाय खोज्ने उनको भनाइ छ ।

१५ दिनकै अवधिमा दुईवटा हवाई दुर्घटना भएपछि हवाई सुरक्षा सुधारको रणनीति तयार गर्नका लागि मन्त्री पाण्डेले एक साताका लागि जरुरी बाहेकका सबै कार्यक्रम र भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार यो अवधिमा यसै विषयमा केन्द्रित भएर सम्बन्धित निकायलाई परिचालन गरिनेछ । साथै, मन्त्रीको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षा,सुरक्षाका लागि सुझाव पनि मागेको छ । सुझाव मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएको छ ।

बुधबारमात्रै नुवाकोटको शिवपुरी गाउँपालिका-७ मा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो । जसमा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भयो ।

दुई साताअघि त्रिभुवन विमानस्थल परिसर भित्रै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । यो दुर्घटनामा पाइलटमात्र जोगिएका थिए ।

यी दुवै दुर्घटनामा प्रभावकारी उद्धार कार्य हुन सकेको थिएन । यस विषयमा पनि सम्बन्धित निकायसँग जानकारी लिइएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।