Dailo News
२०८३ कार्तिक २२ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक २२ शनिबार

साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ ।

दैलो न्युज, नौमूले

गोविन्द गुरुङ्ग

साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् ।

सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको कर्मचारी यादवले जानकारी दिए । घटनाको बारेमा मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइने यादवले बताए । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । बाँकी मृत्यु हुनेमा तीन जना घानाका नागरिक छन् ।

दुर्घटनामा १५ नागरिक मारिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । दक्षिणी बन्दराह सहर जिजानमा २६ कामदार आफ्नो कार्यस्थलमा जाँदैगर्दा उनीहरू सवार बस एक ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।