Dailo News
२०८३ कार्तिक २० बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक २० बिहीबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो ।

दैलो न्युज,सुर्खेत ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो ।

त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६७ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६६ र अरु क्षेत्रमा १६४ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै डिजेल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६० रुपैयाँ पर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा १५९ रुपैयाँ र अरु क्षेत्रमा १५७ रुपैयाँ ५० पैसा पर्नेछ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।